दाङमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या तेह्र पुग्यो

१ भाद्र २०७१, आईतवार ११:१८ मा प्रकाशित

Dang-Badi-Pidit-bigदाङ, १ भदौ । दाङमा बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने अझै एकै परिवारका चारजना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चक्रराज जोशीका अनुसार शनिबार अबेरसम्म थप सातजनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १३ पुगेको हो । यसअघि दुईजनाको पहिरोले पुरिँदा र चारजनाको बबई नदीको बाढीका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

शनिबार डुरुवा–१ गनारीकी ९ वर्षीया लीला खत्री, गोल्टाकुरी–३ की ४२ वर्षीया सुनिता डाँगी, लालमटियाका चेतराम उपाध्याय, धनौरी–२ का ६० वर्षीय शेरबहादुर ओली, उनकी श्रीमती खली ओली र १२ वर्षीया छोरी अस्मिता ओलीको शव भेटिएको थियो भने शान्ति नगरको चिराघाटखोलामा भेटिएको पुरुषको शवको सनाखत हुन सकेको छैन ।

पश्चिम दाङको पञ्चकुले–८ का ४५ वर्षीय बेलबहादुर कँवर, उनकी श्रीमती ४३ वर्षीया मनकली कँवर, उहाँका दुई छोरा १० वर्षीय शोभाराम कँवर, ८ वर्षीय खिमलाल कँवरको अवस्था अझै अज्ञात रहेको छ ।

उनका जेठा छोरा रमेश कँवरले राति बबई नदीमा आएको बाढीले घरसहित बगाएर लगेको हुँदा बुबा, आमा र दुईजना भाइलाई पनि बाढीले नै लगेको बताए । आफू सो दिन फुपूको घरमा गएको हुँदा बाँच्न सफल भएको उनले बताए ।

दाङको बबई नदीमा आएको बाढीबाट करोडौँको धनमाल क्षति भएको छ भने १२५ घर बगेका छन् । २०० भन्दा बढी घर डुबानमा परेको प्रारम्भिक तथ्याङ्क आए पनि पूर्ण विवरण आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार