राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा टीका तथा प्रसाद ग्रहण

१ भाद्र २०७१, आईतवार ११:०५ मा प्रकाशित

Rambaran-Yadav-puleso-Krishललितपुर, १ भदौ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति डा रामवरण यादव पाटनस्थित श्रीकृष्ण मन्दिर जानु भई पूजा अर्चना तथा प्रसाद ग्रहण गरेका छन् ।

आज बिहान ८ बजेर १० मिनेटमा कृष्णमन्दिर पुुग्नुभएका राष्ट्रपति डा यादवले मूल पुजारी रवीन्द्र शर्माको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति डा यादवले मन्दिरपरिसरको अगाडितर्फ रहेको ऐतिहासिक ढुङ्गेधारा (मङ्गल हिती) को अवलोकन गरे ।

हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटन दरबारपरिसरमा आज भव्य मेला लागेको छ । मन्दिरमा दर्शनका लागि हजारौँ श्रद्धालु भक्तजन गएरातिदेखि नै लामबद्ध भएका थिए । राति १ बजेबाट दर्शनका लागि मन्दिर खुल्ला गरिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

जात्रा व्यवस्थापनको जिम्मेवारी लिएको मङ्गल टोल सुधार समितिका अनुसार टोलसुधार, स्थानीय समिति लगायतका करिब एक हजार ५०० र नेपाल स्काउट, रेडक्रस सोसाइटी, रेयुकाई र सयौँ स्वयम्सेवक जात्रा व्यवस्थापनका लागि खटिएका छन् ।

समितिका अध्यक्ष किरण प्रधानले भक्तजनलाई सहज रूपमा मन्दिर दर्शनका लागि सघाउ पुराउन पर्याप्त मात्रामा स्वयम्सेवक तथा सुरक्षाकर्मी खटिएको बताए ।

मन्दिर दर्शनका लागि महिला र पुरुषको भिन्नाभिन्नै लाइन लागेको छ, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दर्शनका लागि छुट्टै व्यवस्था गरिएको उनले उल्लेख गरे ।

मौसमले साथ दिएकाले यसपटक करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै