एकल जातीय पहिचान सहितको प्रदेश माग गर्दै आदिवासी जनजातिद्धारा संविधानसभा घेराउ

१३ जेष्ठ २०६९, शनिबार १२:१५ मा प्रकाशित

काठमाडौ, १३ जेठ । जातीय पहिचानसहितको राज्य पुनःसंरचना हुनुपर्ने माग गर्दै आएका आदिवासी जनजातिहरूले आज संविधानसभा भवन घेराउमा उत्रिएका छन् ।  सङ्घीयतासहितको संविधान जारी गर्न दबाब दिने उद्देश्यले आज संविधानसभा भवनको चारै दिशामा घेराउ तथा प्रदर्शन गर्न लागेको आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति सचिवालय संयोजक परशुराम तामाङले जानकारी दिए । अहिले संविधानसभा भवनको उत्तरपछि शेर्पा, पूर्वपट्टि राई, तामाङ समुदाय, दक्षिणपछि थारु, र पश्चिमपट्टिको भागमा नेवार, मगर र गुरूङलगायतका समुदायले मोर्चा बनाएर घेराउको कार्यक्रम राखेको उहाँले जानकारी दिए । आदिवासी जनजातिहरूले सङ्घीयता विनाको संविधान मान्य नहुने बताउँदै आएका छन् । यसैगरी मुख्य विवादहरू अहिले नटुङ्ग्याइकन रुपान्तरित संसदमा लगे अस्वीकार गर्ने पनि उनीहरूले बताएका छन् ।
यसैबीच, प्रशासनले कुनै पनि अप्रिय घटना नहोस् भन्दै संविधानसभा भवन वरिपरिको सुरक्षा व्यवस्था कडा पारेको छ । अरू बेलाभन्दा सुरक्षाकर्मीहरू बाक्लो परिचालन गरिएको र संधिवानसभा भवन आसपासका क्षेत्रमा पैदल यात्रुहरूलाई समेत आवत जावतमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको