प्रिमियर लिगमा म्यान्यू स्तब्ध

१ भाद्र २०७१, आईतवार ०६:३० मा प्रकाशित

– एजेन्सी
लन्डन, १ भदौं । इंलिस प्रिमियर लिग फुटबलको सुरुआती खेलमा म्यानचेष्टर युनाइटेड स्तब्ध बनेको छ । लुईस भान गेलको प्रशिक्षणमा रहेको म्यानचेष्टरलाई स्तब्ध पार्ने क्रममा स्वान्सी सिटीबाट सिगर्डसनले निर्णायक गोल गरे । खेलको २८ औँ मिनेटमा कि सुङ युइङको गोलमार्फत स्वान्सीले अग्रता लिएको थियो । तर दोस्रो हाफको ५३ औ मिनेटमा वायनी रुनीले गोल गर्दै घरेलु टोली युनाइटेडलाई खेलमा फर्काए । ७२ औँ मिनेटमा सिगर्डसनले गोल गरेपछि भने युनाइटेडको केही लागेन । युनाइटेडको हारले टोलीका समर्थकहरुलाई फेरि गत वर्षकै संझना गराएको छ । गत वर्ष युनाइटेडले इंलिस प्रिमियर लिगमा इतिहासकै खराब प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना

आजको प्रमुख समाचार