पहिरोमा गोरखा र नवलपरासीमा चार जनाको मृत्यु

३१ श्रावण २०७१, शनिबार १७:११ मा प्रकाशित

गोरखा, ३१ साउन । गोरखा र नवलपरासी जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । पहिरोमा परेर एघार सर्वसाधारण घाइते भएका छन् ।
गोरखा जिल्लामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । फिनाम–६ स्थित पञ्चेश्वरी प्राथमिक विद्यालयमा स्टेसनरी सामान वितरणका क्रममा माथिबाट आएको पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा फिनाम–६ बस्ने ४० वर्षीया देउतीमाया श्रीमल, ३६ वर्षीया हीरामाया बयलकोटी र ४० वर्षीय  किरण श्रीमल रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो सवा दुई बजे झरेको पहिलो उनीहरुलाई पुरेको थियो ।
पहिरोमा परेर सात जना अभिभाबक, विधालयका विद्यार्थी ३ जना, कोरियन शिक्षक १ जना गरी जम्मा ११ जना घाइते भएको जनाइएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।
यता,    नवलपरासीमा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । पहिरोले तीन वटा घर भत्किएका छन् ।
नरम–४ स्थितमा आज विहा साढे बजे अविरल वर्षाका कारण पहिरो गई ३ वटा घर भत्किँदा रेसी मायाको घर भित्र पुरिएर मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

आजको प्रमुख समाचार