चितवनमा ५० बिघामा पालिएको माछा बगायो

३१ श्रावण २०७१, शनिबार १७:३० मा प्रकाशित

चितवन, ३१ साउन । लगातार परेको वर्षापछि आएको बाढीले यहाँका विभिन्न ठाउँका करिब ५० बिघा क्षेत्रफलमा पालिएको माछा बगाएको छ ।
नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको र अहिलेसम्म २५ जना किसानको माछामा क्षति पु-याएको जानकारी आएको छ ।
चितवन नगरपालिका स्थित गुञ्जानगर क्षेत्रमा बढी माछापोखरीमा क्षति पु¥याएको सङ्घका अध्यक्ष जोगेन्द्र महतोले बताए ।
उनले सो क्षेत्रमा मात्रै करिब ४० बिघा र माडी तथा पूर्वी चितवनमा गरी १० बिघाको माछा बगाएको जानकारी दिए । यसबाट करिब ६०० क्विन्टल माछा क्षति भएको उनको भनाइ छ ।
चितवन माछाको समेत पकेट क्षेत्र बन्दै गएका बेला माछा बगाएपछि किसान चिन्तित भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनले माछा बगाएको क्षेत्रमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ ।
चितवनमा करिब एक हजार २०० बिघामा माछापालन गरिएको छ ।
अघिल्लो वर्ष नेपाल सरकारले माछापालनको विस्तारका लागि अनुदानसहितको कार्यक्रम ल्याएपछि माछापालन थपिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा