एकैदिन फरार नौ अभियुक्त पक्राउ

३१ श्रावण २०७१, शनिबार १३:२४ मा प्रकाशित

कञ्चनपुर, ३१ साउन । सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान एवम् नियन्त्रण सहयोग टोली आरएसटी महाकालीले अदालतबाट सजाय तोकिएका फरार अभियुक्तको खोजी तीव्र पारेको छ ।

फरार अभियुक्तको खोजी गर्ने क्रममा टोलीले जिल्लाका विभिन्न स्थानबाट एकै दिन लागुऔषध कारोबार, वन मुद्दा र जग्गासम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट सजाय तोकिएका नौ जनालाई पक्राउ गरेको हो ।

टोलीका अनुसार २०४३ सालमा लागुऔषध कारोबारमा एक वर्ष जेल सजाय र पाँच हजार जरिवाना तोकिएका तत्कालीन रामपुर गाविस–५ का ५३ वर्षीय ज्वाला रानालाई पक्राउ गरिएको छ ।

यस्तै २०५६ सालमा वन मुद्दामा अदालतबाट एक वर्ष कैद र ७३ हजार ९८५ जरिवाना तोकिएका तत्कालीन श्रीपुर गाविस–६ का तेजबहादुर बडायकलाई बिहीबार दिउँसो बलौरी बजारबाट पक्राउ गरिएको छ । यसैगरी जग्गासम्बन्धी मुद्दामा २०६२ कात्तिक ७ गते अदालतले जनही २०० जरिवाना तोकिएका तत्कालीन श्रीपुर–३ का रामकिशोर राना, गणेश राना, रामकुमार राना, दशरथ राना, रत्ती राना, लालु राना र प्रकाश रानालाई घरबाटै पक्राउ गरिएको र सातै जनालाई बिहीबार नै अदालतको जिम्मा लगाइएको छ ।

लागुऔषध कारोबारमा सजाय पाएका ज्वाला राना र वन मुद्दामा परेका बडायकलाई शुक्रबार अदालतको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कमा आर्थिक वर्ष २०७०/०७१ असार मसान्तसम्ममा ५२ जना फरार अभियुक्त पक्राउ परिसकेका र उनीहरू अदालतसमेत चलान भइसकेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चौधरीले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार