ज्येष्ठ नागरिकका अधिकार ऐनमै सीमित

३१ श्रावण २०७१, शनिबार २०:३० मा प्रकाशित

Jestha Nagarik 1बागलुङ, ३१ साउन । सरकारले ज्येष्ठ नागरिकको पक्षमा व्यवस्था गरेका अधिकार ऐनमै सीमित बनेका छन् ।

ज्येष्ठ नागरिकको हकहित र सम्मानजनक जीवनयापन गर्न पाउने अधिकारको पक्षमा विभिन्न ऐन, कानुन तथा नियमावली बनेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

बुढ्यौली उमेरमा खुसीसाथ स्वस्थ र सम्मानित जीवन बिताउन सहयोगी बन्ने ठानिएको ऐन अक्षरमा मात्र सीमित बनेपछि ज्येष्ठ नागरिकका हकअधिकार कुण्ठित हुन पुगेका छन् । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन बनाए पनि त्यसले आफूहरूको जीवनमा कुनै फरक नपारेको गुनासो ज्येष्ठ नागरिकको छ ।

सरकारले २०६३ सालमा ज्येष्ठ नागरिक ऐन जारी गरेर २०६५ मा नियमावलीसमेत तयार गरिसकेको छ । ज्येष्ठ नागरिकको हकअधिकारको सुनिश्चितताका लागि सरकारले ऐन ल्याएपनि त्यो कार्यान्वयन नभएको ज्येष्ठ नागरिक जिल्ला सङ्घ बागलुङका अध्यक्ष काजी रोशनले बताए । ऐन कार्यान्वयनको लागि ज्येष्ठ नागरिकबाट बेलाबेला दबाब सिर्जना गर्ने गरिएको भएपनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

ऐनले ज्येष्ठ नागरिकको लागि विभिन्न सेवा, सुविधा र छुटको व्यवस्था गरे पनि त्यसको प्रत्याभूति हुन सकेको छैन । ज्येष्ठ नागरिक ऐन, २०६५ ले व्यवस्था गरेअनुसार ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत छुट, औषधि उपचारमा छुटलगायतका सुविधा व्यवस्था गरिएको छ । त्यस्तै अस्पतालमा उपचारका लागि छुट्टै वाडको व्यवस्था गरिनुपर्ने ऐनमा उल्लेख छ ।

तर, यी कुनै पनि सुविधा ज्येष्ठ नागरिकले पाउन सकेका छैनन् । ‘यी सबै सेवा सुविधाको प्राप्त गर्न र ज्येष्ठ नागरिकको पहिचान कायम गर्न ऐनमा ज्येष्ठ नागरिकलाई परिचयपत्र दिनुपर्ने व्यवस्था उल्लेख गरिएको छ,’ अध्यक्ष रोशनले भने, ‘तर, हालसम्म त्यो कार्यान्वयन हुन सकेको छैन, सरकारले कार्यान्वयनमा आलटाल मात्रै गरेको छ ।’

लामो समयदेखि परिचयपत्रका लागि माग गरिरहेको भएपनि सरकार र सम्बन्धित मन्त्रालयले आनाकानी गरिरहेको उहाँको आरोप छ । हाल ७० वर्ष पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता वितरण गरिएको भएपनि ६० वर्ष पुगेपछि ज्येष्ठ नागरिक बन्ने हुँदा ६० वर्षदेखि भत्ताको व्यवस्था हुनुपर्ने माग ज्येष्ठ नागरिक महासङ्घले अघि सारेको छ ।

ज्येष्ठ नागरिक पनि सम्मानित र क्रियाशील भएर जीवन जिउन सक्ने हुँदा ज्येष्ठ नागरिकका लागि उपयुक्त वातावरण सिर्जना गर्न व्यक्ति, परिवार र समाज नै अग्रसर बन्नुपर्ने अध्यक्ष रोशनको धारणा छ । ज्येष्ठ नागरिकले परिचयपत्र पाउनुपर्ने र ऐनमा भएका सेवा सुविधा निर्वाधरुपमा उपयोग गर्न पाउनुपर्ने माग उठिरहेको छ ।

ज्येष्ठ नागरिकको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा सुधार ल्याउन पनि ऐन कार्यान्वयन हुनुपर्ने जनाइएको छ । बागलुङमा रहेको ज्येष्ठ नागरिक सङ्घले ज्येष्ठ नागरिकको पक्षमा बहस पैरवी गर्ने, विपन्न सदस्यको उपचारमा सहायता प्रदान गर्ने, विभिन्न तालिम चलाउने काम गरिरहेको छ । सङ्घमा १०० भन्दा बढी ज्येष्ठ नागरिक आजीवन सदस्यको रुपमा आबद्ध छन् । जिल्लाभरका ज्येष्ठ नागरिकलाई एकताबद्ध गर्ने लक्ष्य सङ्घको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै

आजको प्रमुख समाचार