चालीस जनालाई ग्रिनकार्ड

३१ श्रावण २०७१, शनिबार १९:३० मा प्रकाशित

इलाम, ३१ साउन । कृषि विकास बैंक जिल्ला शाखा इलामले बैंकको नीतिअनुसार नियमित साँवा, ब्याज तिर्ने ४० जना ग्राहकलाई ग्रिनकार्ड (असल ग्राहक परिचयपत्र) प्रदान गरेको छ ।

नियमित रूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले आव २०७०/०७१ मा ग्रिनकार्ड वितरण गरेको हो । अघिल्लो वर्ष २७ जनाले ग्रिनकार्ड पाएका थिए ।

इलाम नगरपालिकासहित २१ वटा गाविसमा आफ्नो कार्यक्षेत्र रहेको यस बैंकका एक हजार २०० जनाभन्दा बढी ग्राहकमध्ये अहिलेसम्म करिब ६०० जनालाई ग्रिनकार्ड वितरण गरिएको बैंककी लेखापाल शशीकला जोशीले बताए ।

ग्रिनकार्ड प्राप्त ग्राहकको सिफारिसमा अन्य ऋणीलाई ऋण उपलब्ध गराउन सहज हुनेसमेत उनको भनाइ छ । लिएको ऋणको दुई वर्षसम्म मासिक रूपमा ब्याज, साँवा भुक्तानी गर्ने ऋणीलाई बैंकले असल ऋणीको रूपमा ग्रिनकार्ड वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार