सर्पको टोकाइबाट महिलाको मृत्यु

३१ श्रावण २०७१, शनिबार १३:०६ मा प्रकाशित

गौशाला, ३१ साउन । सर्पको टोकाइबाट शुक्रबार महोत्तरीको अनकार गाविसमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अनकार गाविस– ४ बस्ने ४५ वर्षीया सर्वसिया देवी महतो रहेको परिवारजनले जनाएका छन् ।

घर नजिकै रहेको रातो खोला किनारमा रहेको खेतको आलीमा लगाइएको तिल बाली काटेर ल्याउन गएकी महिला महतोलाई सोही तिलको बोटमुनि लुकेर बसेको गोमन सर्पले खुट्टामा टोक्दा निजको मृत्यु भएको मृतकका श्रीमान् नन्नु महतोले बताएका छन् ।

सर्पको टोकाइबाट तत्काल अचेत भएकी महिला महतोलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार