पर्वतमा अवैध हतियार सङ्कलन

३१ श्रावण २०७१, शनिबार १८:३० मा प्रकाशित

पर्वत, ३१ साउन । गाउँगाउँमा लुकाएर राखेका अवैध हतियार सङ्कलन गर्न प्रहरीले सञ्चालन गरेको एक महिने अभियानअन्तर्गत पर्वतमा अवैध हतियार सङ्कलन गर्ने क्रम जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले साउन महिनामा अवैध हतियार बुझाउन आग्रह गर्दै गस्ती सुरु गरेपछि बिहीबारसम्म १२ थान हतियार सङ्कलन भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म सबैभन्दा बढी चित्रे गाविसबाट चार थान अवैध हतियार सङ्कलन गरिएको छ । लेकफाँट गाविसबाट तीन थान, कुर्घा गाविसबाट दुई थान र शलिजा, भोक्सिङ र राम्जा देउराली गाविसबाट एक–एक थान हतियार सङ्कलन भएका छन् ।

साउनदेखि सञ्चालन गरेको अवैध हतियार सङ्कलन गर्ने अभियान चलिरहेकोे प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गाउँगाउँमा ठूलो सङ्ख्यामा अवैध हतियार रहेको सूचना प्रहरीसँग रहेको बताउँदै प्रनाउ श्रेष्ठले अटेर गरी घरमा राख्ने व्यक्तिलाई हातहतियार तथा खरखजना मुद्दा लगाउने चेतावनी पनि दिए । हात हतियार तथा खरखजना ऐनअनुसार कारबाही भएमा एक लाख जरिवाना वा पाँच वर्ष कैद तथा दुवै सजायसमेत हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार