हेलम्बुमा यातायात सञ्चालनमा कठिनाइ

३१ श्रावण २०७१, शनिबार १५:३० मा प्रकाशित

मेलम्ची, ३१ साउन । मेलम्ची खानेपानी आयोजना र निर्माण कम्पनीबीचको विवादले हेलम्बु राजमार्ग बेवारिसे भएपछि यातायात सञ्चालनमा नै कठिनाइ उत्पन्न भएको छ ।

२०४० देखि यातायात सञ्चालन हँदै आएको पाँचखाल, मेलम्ची २३ किमि लम्बाइको सडकलाई सडक विभागले निर्माण गरी सडक डिभिजनबाट मर्मत र सञ्चालन हुँदै आएकोमा पछि विसं २०५८ बाट मेलम्ची खानेपानी आयोजनाले प्रवेश मार्गका रुपमा जिम्मा लिएको हो ।

आयोजनाले सो सडकखण्डलाई पक्की सडकका रुपमा विकास गर्न करिब ७५ करोड खर्च गरेको भएपनि केही वर्षदेखि निर्माण कम्पनी र आयोजनाको विवादले मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुगेकाले हाल सो सडक बेवारिसे हुन पुगेको हो ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवासमेतका ५० भन्दा बढी गाविसलाई प्रत्यक्षरुपमा यातायात सेवा दिँदै आएको यो सडकलाई मेलम्ची आयोजनाले प्रवेश मार्गको रुपमा अवलम्बन गरेपछि थप सुधार गरी पक्की बनाउन सुरुमा रु ४९ करोडको ठेक्का लगाएको थियो ।

ठेकेदार कम्पनी मारुसिन सीताका (टन्डी जेभीले २०६० )बाट निर्माण कार्य सुरु गरिएको सडक निर्माण कार्यमा ठेकेदार कम्पनीले अनेकौँ कारण देखाई लागत ७५ करोड पुराए पनि अन्तमा काम नै नसकी छोडेकाले सडक हालसम्म बेवारिसे हुनपुगेको हो ।

सडक भत्किएर जीर्ण भई यातायात नै नचल्ने भएपछि स्थानीय बासिन्दाले सडक विभाग र मेलम्ची आयोजनाको ध्यानाकर्षण गराउँदा कतैबाट पनि जिम्मेवारी नलिएको नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सदस्य प्रकाश दाहालले बताए ।

कुनै पनि निकायले वास्ता नगरेपछि ज्यामिरे– २ का बासिन्दा दानबहादुर कार्कीले सूचनाको हकसम्बन्धी ऐनअनुसार लिखित जवाफ मागेपछि अन्ततः मेलम्ची आयोजनाले सो सडक आफ्नो जिम्माको भएपनि मर्मत र हेरचाहा गर्न भने मुद्दाले गर्दा नसकेको जवाफ आएको बताए ।

ठेकेदार कम्पनीले अझै थप २६ करोड भुक्तानी माग गरी अन्तर्राष्ट्रिय अदालतसमक्ष मुद्दा पु-याएकोे र सडक हस्तान्तरण पनि भइनसकेको जानकारी मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराईले दिए ।

मेलम्ची आयोजनाका तत्कालीन फिल्ड इन्जिनियर, कन्सल्टेन्ट र ठेकेदार कम्पनीको मिलोमतोमा सो सडक निर्माणमा व्यापक भ्रष्टाचार भएकाले हाल सहरी विकास मन्त्रालयबाट अनुसन्धान भइरहेको आयोजनाका एक कर्मचारीले जानकारी दिए ।

राष्ट्रलाई करोडौँ क्षति हुने गरी सडक निर्माणमा भएको भ्रष्टाचारको छानबिन र कारबाही हुनुपर्ने माग सूचना माग कर्ता दानबहादुर कार्कीले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।