वनबासा पुलमा आवागमनमा रोक

३१ श्रावण २०७१, शनिबार १२:४८ मा प्रकाशित

कञ्चनपुर, ३१ साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

नदीमा पानीको बहाव एक लाख क्युसेक बढी पुगे पछि पुल कमजोर रहेको भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।

आज बिहान गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख १३ हजार ९६२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ । तरकारी बोेकेका भारतीय ट्रकहरू पुल पारीनै थन्किएर बसेका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पैदलयात्रु र मोटरसाइकल चालकलाई भने पुलमा आवागमन गर्न दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार