एक सातादेखि खानेपानीको हाहाकार

३१ श्रावण २०७१, शनिबार १२:४३ मा प्रकाशित

बेनी, ३१ साउन । म्याग्दीको भकिम्ली गाविसस्थित तोराखेतको भीरबाट खसेको पहिरोले बगरफाँटमा खानेपानीको पाइप बगाएपछि त्यहाँ एक सातादेखि खानेपानीको हाहाकार भएको हो ।

पहिरोका कारण खानेपानी अवरुद्ध भएपछि गाउँका करिब ३०० घरपरिवारका दुई हजार ४०० भन्दा बढी व्यक्ति काकाकुलको नियति भोगिरहेका छन् ।

बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि खानेपानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीय टीकाकुमारी घिमिरेले बताए ।

बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका सदस्य इनद्रबहादुर थापाले जानकारी दिए ।

पहिरोले बगरफाँट सामुदायिक वनको विभिन्न तीन स्थानमा पाइप बिगारिदिएको उपभोक्ता समितिका हेरालु तोपबहादुर कार्कीले बताए ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीँबाट पहिरो खस्न थालेकोस्थानीय बासिन्दा टेकबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार