माओवादी अध्यक्षका छोरा प्रकाश दाहाल सगरमाथा आरोहण गर्न सफल

१३ जेष्ठ २०६९, शनिबार १२:१३ मा प्रकाशित

काठमाडौ, १३ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथाको आज बिहान ८ बजे सफलतापूर्वक आरोहण गरेका छन् । लुम्बिनी सगरमाथा शान्ति अभियानको नेतृत्व गर्दै प्रकाशसहितको १५ सदस्यीय टोली करिब डेढ महिनाअघि लुम्बिनीको माटो लिएर राष्ट्रिय झन्डाका साथ शान्ति अभियानमा सगरमाथातर्फ गएको थियो ।  टोलीनेता प्रकाशले सगरमाथाको शिखरमा नेपालको राष्ट्रिय झन्डा र एमाओवादीको झन्डा फहराएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । आज सगरमाथा आरोहण गर्ने टोलीका सदस्यहरूमा कृष्ण केसी, युवराज दुलाल, सरल पौडेल, शिव डाँगी, महेश्वर फुयाँल, मदन चुडाल हुनुहुन्छ भने सहयोगी शेर्पाहरूमा निमाकान्छा शेर्पा, फुर्वाछिरिङ शेर्पा, पेम्बाछिरिङ शेर्पा, ग्याल्जेन शेर्पा, लाक्पानुर्वु शेर्पा, काजी शेर्पा र ग्याल्जेन शेर्पा हुनुहुुन्छ । त्यसैगरी, चारजना भारतीयसहित अन्य नौजनाले पनि आजै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको शेर्पाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव