कैलालीमा ग्रामीण सडक अवरुद्ध

३१ श्रावण २०७१, शनिबार १२:३९ मा प्रकाशित

kailali badi photo feature (4)

कैलाली, ३१ साउन । वर्षासँगै आएको बाढीले कैलालीका विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् ।

नदी, खोलामा आएको बाढीले सडकमा रहेका पुल तथा कल्भर्ट बगाएपछि ग्रामीण सडक अवरुद्ध भएका हुन् ।

लम्की–खक्रौला सडकखण्डअन्तर्गत टीकापुर–१ मौरनियामा रहेको कल्भर्ट शुक्रबार राति बाढीले बगाएको छ ।

कल्भर्ट बगाएपछि टीकापुर–धनसिंहपुर–नारायणपुरको यातायात सेवा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि भारतबाट मजदूरी गरेर नेपाल फर्किरहेका सर्वसाधारण पनि अलपत्र परेका छन् ।

भजनी–जोशीपुर–बौनिया सडकखण्डको विभिन्न ठाउँमा पनि कल्भर्ट बगाउँदा सो सडकखण्डसमेत अवरुद्ध रहेको छ ।

लम्की–खक्रौला सडकखण्डअन्तर्गत पथरैया गाविसको गुजरिया गाउँमा रहेको पुल भासिन थालेपछि चारपाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै