ग्यासको अभावले उपभोक्ता मर्कामा

३१ श्रावण २०७१, शनिबार १२:३६ मा प्रकाशित

धनुषा, ३१ साउन । जनकपुर बजारमा केही दिनयता ग्यासको अभावले सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन् ।

बजारमा नोबेल ग्यासको आयातमा कमी आएपछि ग्यासको अभाव भएको हो । लगातार तीन दिनसम्मको झरीले देशका विभिन्न राजमार्गमा क्षति पुर्‍याउँदा ग्यासको आयात हुन सकेको छैन ।

ग्यासको आयातमा समस्या भइरहेको अवस्थामा जनकपुर बजारभित्र रहेका नोबेल ग्यकसका अधिकृत बिक्रेताहरुले कालाबजारी गरेको आरोप उपभोक्ताले लगाएका छन् ।

शुक्रबारमात्र ग्यास व्यवसायीले नोबेल ग्यासको सिलिन्डरमा प्रतिसिलिन्डर पाँचसय थपेर रु दुई हजार लिएको एक उपभोक्ताले बताए ।

अत्यावश्यक वस्तु ग्यासमा यसरी भइरहेको कालाबजारीले गर्दा उपभोक्ता मर्कामा परे पनि सम्बन्धित निकाय भने मौन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार