पुरानाको व्यवस्थापन नहुँदा नयाँलाई मर्का

३१ श्रावण २०७१, शनिबार ०८:२१ मा प्रकाशित

Teacherसुर्खेत, ३१ साउन । रुकुमका टोपबहादुर गिरी शिक्षक सेवा आयोगबाट मावि तहमा नाम निस्किएपछि प्युठान पुगेको दुई महिना बित्यो।

जेठ २८ गते सदरमुकाम खलंगा गएका उनले यस अवधिमा खान–बस्नका लागि मात्र करिब ३० हजार हजार रुपैयाँ खर्च गरिसकेका छन्। तर, नियुक्तिपत्र कहिले पाइने हो अझै ठेगान छैन।

‘आयोगबाट नाम निस्किएको एक महिनामै नियुक्ति पाइने भनेपछि घरबाट बिदाबारी भएर आएँ,’ उनले भने, ‘तर जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिने अहिलेसम्म सुरसारै गरेको छैन, अझै कति दिन बस्नुपर्ने हो थाहा छैन।’ ढिलाइबारे जानकारी माग्दासमेत कार्यालयले स्पष्ट जानकारी नदिएर अन्योलमा पारेको उनले बताए।

शिक्षक सेवा आयोगबाट छानिएर नियुक्तिका लागि जिल्ला पुगेका अधिकांश शिक्षकको अवस्था गिरीको भन्दा फरक छैन। जिल्ला शिक्षा कार्यालयहरुले सयममै नियुक्तिपत्र दिन नसक्दा काम गर्ने जोसजाँगर बोकेर गएका उनीहरू निराश बनिरहेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

‘एकातिर तलब नपाइने, अर्कोतिर घरको पैसा खर्च हुने, हामी त दोहोरो घाटामा परिरहेका छौं,’ नियुक्ति बुझ्न एक महिनाअघि सुर्खेत आएका जुम्लाका एक शिक्षकले भने।

आयोगले मध्यपश्चिमका जिल्लामा शिक्षक नियुक्तिका लागि माध्यमिक तहको जेठ २२ गते, निम्न माध्यमिक तहको असार ६ गते र प्राथमिक तहको असार २४ गते नाम सिफारिस गरी पठाएको थियो।

शिक्षा नियमावलीअनुसार जिशिकाले आयोगबाट सिफारिस भएका सफल उम्मेदवारलाई ३० दिनभित्र नियुक्तिपत्र दिनुपर्ने व्यवस्था छ। नियुक्ति पाएका शिक्षकले १५ दिनभित्र सम्बन्धित विद्यालयमा हाजिर भइसक्नुपर्छ।

मध्यपश्चिमका अधिकांश जिल्लाले भने दुई महिना गुज्रिँदासमेत शिक्षकलाई नियुक्तिपत्र दिन सकेका छैनन्। मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका अनुसार यहाँका रोल्पा, डोल्पा, कालिकोट, दैलेख, हुम्ला, मुगु र जुम्ला जिल्लाले मात्र मावि र निमावि तहका शिक्षकलाई नियुक्ति दिएका छन्।

रोल्पाले प्राथमिक तहका शिक्षकलाई समेत काममा खटाइसकेको छ। ‘आयोग र विभागबाट समयमै सिफारिस तथा निर्देशन गइसकेका छन्,’ निर्देशनालयका उपसचिव भक्तबहादुर खड्का भन्छन्, ‘जिशिकाहरुकै कारण नयाँ शिक्षकले नियुक्ति पाउन सकिरहेका छैनन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।