एमाले संसदीय दलमा नारावाजी,एक ढिक्का भएर प्रस्तुत हुने

१३ जेष्ठ २०६९, शनिबार १०:४३ मा प्रकाशित

काठमाडौ, १३ जेठ । नेकपा एमालेले संसदमा प्रस्तुत हुँदा बाहिर देखिए जस्तो विभाजित नभई एमाले एक ढिक्का भएर पार्टीको एजेण्डामा प्रस्तुत हुने भएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको मुख्य सचेतक भीम आचार्यले जानकारी दिए ।
एमालेले भोली जेठ १४ भित्रै संविधान जारी गर्नु पर्ने अडान कायमै राख्दै बाँकी विवादित विषयलाई रुपान्तरित संसदबाट टुङग्याउनु पर्नेमा पनि जोड दिएको छ ।
भोलिसम्ममा संविधान जारी गर्नुपर्ने दबाब परिरहेको बेला दलले निर्वाह गर्ने भूमिका र रणनीति र पार्टीका सभासदहरुमा आईरहेको विभाजनको विषयमा छलफल गर्न बैठक बेलाईएको हो ।
बैठकमा अध्यक्ष झलनाथ खनालले पार्टी आदीबासी जनजाती र मधेसी सभासदहरुले पार्टी निर्णय विपरित हस्ताक्षर गरेर गल्ती गरेको बताएका थिए । उनले पार्टी संघीयताको पक्षमा रहेको भन्दै पार्टी अनुशासनमा रहन सचेत समेत गराएका थिए ।
अध्यक्षको भनाई पछिपृथ्वी शुब्बा गुरुङ र किरण गुरुङ लगायतका जनजाती सभासदहरुले आफूहरुलाई अधिकार चाहिएको भन्दै हस्ताक्षर अभियानलाई जायज बताएका थिए । त्यसपछि बैठकमा पक्ष विपक्षमा नाराबाजी भएको थियो । नारवाजी र असन्तुष्ठिका बाबजुद एमालेले संसदमा एक ढिक्का भएर उभिने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल