एमालेमा विवाद पदाधिकारीले टुंग्याउने

३१ श्रावण २०७१, शनिबार ०८:११ मा प्रकाशित

काठमाडौं, ३१ साउन । एमालेमा पोलिटब्यूरो चयनको प्रावधानलाई लिएर केन्द्रीय समितिको जारी बैठकमा चकिएको विवाद पदाधिकारीहरुले मिलाउने भएका छन् ।

त्यसका लागि शनिबार केन्द्रीय समितिको बैठक अगावै अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको बैठक बोलाएका छन् । एक कार्यकाल केन्द्रीय समितिमा बिताईसकेको वा जो सुकैले पनि पोलिटब्यूरो सदस्य बन्न पाउने भन्नेमा केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरु विभाजित भएका हुन् ।

बिहीबार र शुक्रबार बोल्ने सदस्यहरुले दुईथरी धारणा राखेका थिए । केन्द्रीय समितिको छलफल टुंगोमा पुग्ने अवस्था नभएपछि पदाधिकारीले मिलाउने प्रयास गर्न लागेका हुन् ।

केन्द्रिय समितिको नेताहरुबीचको विवाद चिर्किन थालेपछि अध्यक्ष ओलीले यो बिषयमा अब थप छलफलको जरुरी नरहेकोले सहमतिबाट टुग्याउन पहल गर्ने भन्दै शुक्रबारको बैठक समापन गरेका थिए । ‘धेरै सुझावहरु प्राप्त भएका छन् यो बिषयमा आउनुपर्ने जति तर्क र धारणहरु आइसकेका छन् अब थप बहसलाई लम्बाइरहन जरुरी छैन; अध्यक्ष ओलीले बैठकमा भने, ‘नेताहरुसग सल्लाह गरेर हामी उपस्थिति हुन्छौ ।’

पहिलोपटक केन्द्रिय सदस्य बनेकाहरुले पोलिटब्यूरोमा जान कुनै बन्देज लगाउन नहुने अडान राखेका छन् । पहिले नै केन्द्रीय सदस्य भइसकेका केही नेताहरुले भने एक कार्यकाल बिताएको हुनुपर्ने प्रावधानलाई लागू गर्नेपर्ने जिकिर गरिरहेका छन् ।

महाधिवेशनबाट एक कार्यकाल अनिवार्य रुपमा केन्द्रीय समितिमा बिताएको व्यक्ति मात्र पोलिट ब्यूरोमा जान सक्ने प्रावधान पास गरेको माधव नेपाल पक्षका नेताहरुको जिकिर छ । शुक्रबारको बैठकमा नेता नेपालले महाधिवेशनको फैसला जे छ त्यही अनुसार अघि बढ्नुपर्ने बताए ।

महाधिवेशनमा के फैसला भएको हो भन्नेमा द्वविधा भएमा त्यहा भएका माइन्यूट, अडियो र भिडियो हेरेर परिक्षण गर्न सकिने नेपालको धारणा रहेको समाचार आजको कानितपुर दैनिकले छापेको छ ।

‘महाधिवेशनको निर्णय नै के हो भन्ने बिषयमा छलफल चलाउनु ठिक हुदैन’ नेता नेपालको भनाई उद्धृत गर्दै केन्द्रिय सदस्य ठाकुर गैरेले भने,’जे निर्णय हो त्यो मानौ, यहि त्यो ठिक रहेनछ भने पछि विधान अधिवेशनबाट मिलाउन सकिन्छ ।’

उनले पार्टीलाई एकताबद्घ बनाउने र सहमतिका साथ कसरी अघि बढ्ने भन्न तर्फ लाग्न नेताहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार