नेप्से परिसूचक सुधारतर्फ

३० श्रावण २०७१, शुक्रबार १७:१७ मा प्रकाशित

काठमाडौं, ३० साउन । गत साता ओरालो लागेको नेप्से परिसूचकमा यो साता १२ दशमलव ५३ अङ्कले सुधार आएर अन्तिम दिन १०३४ दशमलव ३९ अङ्क पुगेको छ ।
गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ८४ अङ्कले घटेर पनि अन्तिम दिन १०४० दशमलव ५९ अङ्कमा झरेको थियो । अघिल्लो साता परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव ८४ अङ्कले घटेर अन्तिम दिन १०६६ दशमलव ०९ अङ्कमा पुगेको थियो ।
यही साउनको ४ गते नेप्से परिसूचक १०८३ दशमलव ५५ मा पुगेको थियो भने त्यसको तीन सातापछि घटेर १०२१ दशमलव ८६ सम्म तल झरेको थियो । फेरि महिनाको पछिल्लो सातामा भने समग्र परिसूचकमा सुधार आएको छ ।
यो साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ४५ अङ्कले बढेर २२१ दशमलव २९ अङ्कमा आइपुगेको छ । गत साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ४९ अङ्कले घटेर २२३ दशमलव ०३ अङ्कमा आइपुगेको थियो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीको आठ ४६९ कारोबारबाट एक अर्ब १५ करोड १९ लाख ७८ हजार बराबरको २१ लाख ८७ हजार ८७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
गत साता १७६ कम्पनीको १९ हजार १४१ कारोबारबाट दुई अर्ब ४३ करोड २६ लाख २३ हजार बराबरको ५२ लाख ४२ हजार ७४० कित्ता सेयर खरिद बिक्री भएको थियो । यो कारोबार गत साताको तुलनामा ५२ दशमलव ५७ प्रतिशत कम हो ।
समूहगत नेप्से परिसूचकमा वाणिज्य बैंक, होटल, बिमा, उत्पादनमूलक र अन्य समूहको प्रवृत्ति सकारात्मक रह्यो भने विकास बैंक, वित्त र जलविद्युत् समूहको परिसूचक नकारात्मक रह्यो । तर व्यापार समूहको परिसूचकमा भने कुनै परिवर्तन आएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार