बबई नदीले घर डुबाउँदा तीनको मृत्यु, सयौँ घर भत्किए

३० श्रावण २०७१, शुक्रबार १९:४५ मा प्रकाशित

दाङ, ३० साउन । बबई नदीमा आएको बाढीले वस्तीलाई डुबानमा पारेपछि दाङमा अहिलेसम्म पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा उरहरि गाविस–६ मोतिपुरका ६० वर्षीय खुसिराम चौधरी र उनकी श्रीमती छन् ।
त्यसैगरी, डुरुवा गाविस–१ की २५ वर्षिया उर्मिला भुजेलको पनि मृत्यु भएको छ ।
अविरल वर्षापछि बबई नदीमा आएको बाढीले उरहरि गाविस–५ बेल्टाकुराका लाकुले मगरको घर बगाएको छ भने उनका परिवार सबै सदस्य सम्पर्कविहीन रहेका छन् ।
उनको परिवारमा सात सदस्य रहेको स्थानीय घमण्डबहादुर चन्दले जानकारी दिए ।
उरहरि–६ मोतिपुरमा पनि बबई नदीमा आएको बाढीले ७० घर भत्काइदिएको छ भने पूरै गाउँ डुबानमा परेको छ ।
उता गोल्टाकुरी गाविस वडा नं २, ३ र ४ डुबानमा परेका छन् ।
डुरुवा गाविसमा बबई नदीमा आएको बाढीले ३५ घर भत्काइदिएको छ ।
स्थानीयलाई सुरक्षित स्थानमा ल्याउन  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगे पनि उद्धार गर्न नसकिएको र हेलिकप्टर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बबई नदी र गुहार खोलाका बीचमा परेका नागरिक नजिकैको टापूमा रातिदेखि बसिरहेको स्थानीयवासीले बताएका छन् । बबई नदीले पश्चिम दाङको हेकुली र पञ्चकुले श्रीगाउँ गाविसका विभिन्न घरहरू पनि डुबानमा परेका छन् । वर्षा कम भए पनि नदीमा पानीको बहाव कम नहँदा उद्धारमा कठिनाइ भइरहेको छ ।
जिल्लाभरको क्षतिको यकिन विवरण आउन सकेको छैन । डुबान क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिएको छ । यता, देउखुरी क्षेत्रका सयाँै घर डुबानमा परेका छन् भने १० गाविस राप्ती नदीको जोखिममा परेका छन् ।
तुलसीपुर–घोराही–लमही सडकखण्ड पनि स्थानीय खोलामा आएको बाढीका कारण अवरुद्ध भएको छ ।
त्यसैगरी, राप्ती राजमार्गअन्तर्गत तुलसीपुर, सल्यान र रुकुमखण्डको ठाउँठाउँमा पहिरो खसेपछि अहिले सो सडक पनि बन्द भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार