धनगढीको बहाव खतराको चिह्नभन्दा माथि

३० श्रावण २०७१, शुक्रबार २१:३० मा प्रकाशित

धनगढी, ३० साउन । निरन्तरको वर्षासँगै कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीमा पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ ।
पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेपछि प्रहरीले नदी आसपासका बासिन्दालाई ‘माइकिङ’ गरी सुरक्षित स्थानमा जान सूचना गरेको छ ।
कर्णाली नदीमा आज मध्याह्नसम्म पानीको सतह १५ दशमलव २ मिटर पुगेको छ । उक्त नदीमा पानीको खतराको स्तर १० दशमलव ८ मिटर रहेको स्थानीय जल तथा मौसम विज्ञान विभागको कार्यालयले जनाएको छ ।
कर्णालीको बाढीले कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको तटबन्ध भत्काएको कर्णाली, चिसापानीमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनराज जोशीले जानकारी दिए ।
नदीमा उर्लिएर आएको बाढीमा गाई, बाख्रा, भैँसी बग्दै गरेको दृश्य देखिएकाले नदीको बाढीले पहाडी क्षेत्रमा क्षति पु-याएको हुन सक्ने जोशीले बताए ।
कर्णाली नदीबाट कैलाली जिल्लातर्फ आएका खोलाहरूमा बाढी पसेपछि जिल्लाका थापापुर, मुनुवा, दुर्गौली, धनसिंपुर, नारायणपुर गाविस र टीकापुर नगर क्षेत्रका अधिकांश भाग डुबानमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार