बाढीले झोलुङ्गे पुल बगायो

३० श्रावण २०७१, शुक्रबार १८:१० मा प्रकाशित

बागलुङ, ३० साउन । तीनदिनदेखि परेको अविरल वर्षाका कारण दरमखोलामा आएको बाढीले बागलुङ र गुल्मी जोड्ने झोलुङ्गेपुल बगाएको छ ।
बिहीबार राति दरमखोलामा पानीको सतह एक्कासि बढेपछि बागलुङ रिघाको गाईघाट र गुल्मीको सनकोल जोड्ने झोलुङ्गेपुल बगाएको हो ।
जीर्ण अवस्थामा रहेको उक्त झोलुङ्गेपुल खोलाले बगाएको स्थानीय धनेश्वर सापकोटाले बताए । गुल्मी सनकोलतर्फको पुलको जिप (जग) केही भत्किएको र बेगसित बगेको दरमखोलाको दबाबले अहिले पूरै भत्किएको सापकोटाले जानकारी दिए ।
सनकोलतर्फको भागमा करिब १०० मिटर माथिबाट पहिरोसमेत खसेको छ । पुल बगेपछि बागलुङ–गुल्मी आवातजावत टुटेको छ ।
पुल भत्केपछि बागलुङ रिघा, काँडेबास, दगातुम्डाँडालगायत अन्य गाविसका बासिन्दा प्रभावित भएका छन् । गुल्मीको अर्लाङ्कोट, वामिटक्सारलगायतका स्थानमा आवतजावत अवरुद्ध बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा