म्याग्दीका ७२ औषधि पसल बिनादर्ता सञ्चालित

३० श्रावण २०७१, शुक्रबार २०:०६ मा प्रकाशित

म्याग्दी, ३० साउन । म्याग्दी जिल्लामा सत्तरीभन्दा बढी औषधि पसल अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएको छ ।

सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालन भएका ७२ वटा औषधि पसल भेटिएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकामा १३ वटा मात्र औषधि व्यवस्था विभागमा दर्ता भएका जिल्ला जनस्वास्थ्य अधिकृत गणेश बरुवालले बताए ।

अनुगमन, नियमनको अभाव र सम्बन्धित निकायमा व्यवसायीको सहज पहुँच नहुँदा कानुनी प्रक्रिया नै पूरा नगरी औषधि पसल सञ्चालन गर्ने भेटिएको हो । औषधि व्यवस्था विभागले अख्तियारी नदिएकाले अवैध औषधि पसललाई नियमन गर्न कठिनाइ भएको जनस्वास्थ्य अधिकृत बरुवालले बताए ।

सबै मेडिकललाई प्रक्रिया पूरा गरी कानुनी हैसियत प्राप्त गर्न परिपत्र गरे पनि पाँचवटाले मात्र प्रक्रिया सुरु गरेका छन् । म्याग्दीका सबैजसो गाउँमा औषधि पसल छन् । औषधि व्यवसायीले भने जिल्लास्तरमा दर्ताको व्यवस्था नहुँदा काठमाडौँमा रहेको विभागमा पहुँच पुग्न नसकेको दाबी गरेका छन् ।

सम्बन्धित विषयमा अध्ययन गरेका र औषधि बिक्री गर्ने व्यक्तिबाहेकले पनि औषधि बिक्री गर्दा जनस्वास्थ्यमाथि खेलबाड भएको जनगुनासो रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

आजको प्रमुख समाचार