ढुङ्गा, गिट्टी बोक्ने ट्याक्टर नियन्त्रणमा

३० श्रावण २०७१, शुक्रबार १९:०४ मा प्रकाशित

धनगढी, ३० साउन । कैलाली जिल्लाको खुटिया नदीमा ढुङ्गा, गिट्टी र बालुवा लिन गएका पाँचवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार मध्य राति नदीको बीच भागमा बालुवा लोड भएका तीन ट्याक्टर, ढुङ्गा लोड भएको एक ट्याक्टर र खाली एकसमेत पाँच ट्याक्टर मालखेती इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले बताए ।

सरकारले चुरे क्षेत्रको संरक्षणका लागि चुरेआसपासका क्षेत्रका नदी र खोलाबाट नदीजन्य पदार्थको सङ्कलनमा रोक लगाएको छ ।

पहाडी क्षेत्रमा भइरहेको वर्षासँगै नदी तथा खोलामा आएको बाढीका कारण कैलालीको पथरैया–२ मा पसेको बाढीले सो क्षेत्रका झन्डै सात घरको खाद्यान्न भिजेर नष्ट भएको छ ।

यसैगरी बाढीका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दियाको कौवाभार खोलाको पुलेसा भत्किएपछि सुदूरपश्चिमबाट पूर्वतर्फ जाने सयौँ सवारीका साधन कर्णालीको चिसापानीमा रोकिएको छ ।

कैलालीको चिसापानीस्थित कर्णाली नदीमा पानीको सतह हिजोभन्दा आज केही घटेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र