बलात्कारको समाचारले भारतको बेइजजतः मोदी

३० श्रावण २०७१, शुक्रबार १४:५३ मा प्रकाशित

नयाँ दिल्ली, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा पछिल्लो समयमा आउने गरेका बलात्कारका समाचारले भारतकै बेइज्जत गरेको धारणा राखेका छन् ।

भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको सन्देशमा उनले यस्ता समाचारले भारतको ठूलो मानमर्दन गर्नेमात्र नभई यसले भारतीय नागरिकको शिर निहुराउने बताए ।

प्रधानमन्त्री मोदीले भने, ‘जब हामीले ती समाचारहरु सञ्चारमाध्यममा सुन्छौँ तब हामीलाई यसले नतमस्तक बनाउछ, यसले हाम्रो शिर निहुराउँछ ।’

उनले भारतीय आमाबुबाहरूलाई पनि आफ्ना छोराहरूको व्यवहार परिवर्तन गर्ने काममा ध्यान दिन पनि जोड दिए ।

हामीले राष्ट्रिय चरित्रमा परिवर्तन गर्नुपर्नेमा जोडदिँदै भने, ‘हामीले आ आफ्ना र राष्ट्रिय चरित्रमा परिवर्तन गर्नुपर्छ साथसाथै नागरिकका आम व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ ।’

‘बलात्कारीलाई कानुनले गर्ने कारबाही त छँदैछ तरपनि आफ्ना सन्तानलाई आमाबुबाहरूले पनि नैतिकता र चरित्रका बारेमा आ–आफ्ना सन्तानलाई पनि सिकाउनुपर्छ,’ उनले भने ।

शुक्रबार भारतको ६८ औँ स्वतन्त्रता दिवस हो । सन् १९४७ को अगष्ट १५ मा भारतबाट बेलायती शासक हटेपछि सोही दिनलाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउने गरेको छ ।

उनले भारतीय नागरिकको जीवनस्तर सुधारका लागि आफ्नो सरकारले नयाँ रुप र शैलीमा काम थाल्ने पनि बताए ।

नवनियुक्त प्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवसका अवसरमा दिएको यो पहिलो सन्देश हो । उनले सोही सन्देशमा भारतीय नागरिकलाई स्वार्थी मनोवृत्ति त्यागेर देश र जनताका लागि निस्वार्थ रुपमा कामगर्न पनि आग्रह गरे । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द

एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय

बेइजिङ । चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह

आजको प्रमुख समाचार