खोटाङमा पहिरोले डेढ दर्जन बढी परिवार विस्तापित

३० श्रावण २०७१, शुक्रबार १४:५० मा प्रकाशित

खोटाङ, ३० साउन । पहिरोले घर पुरिँदा खोटाङको जालपा–४ की ४५ वर्षीया असारी विश्वकर्मा गम्भीर घाइते भएकी छन् ।
पहिरोमा परेकी विश्वकर्माका दुबै खुट्टा भाँचिएका छन् । विश्वकर्मालाई टाउको र शरीरका बिभिन्न भागमा पनि चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घरमै बसिरहेका बेला बिहीबार दिउँसो भत्किएर उनी पुरिएकी थिइन् ।
यसैवीच, पहिरोका कारण विस्थापित बनेका फेदी–२ का ६ घर परिवार विस्तापित भएका छन् । घर पहिरोको जोखिममा परेपछि स्थानीय लाखबहादुर राई, रत्नमणि राई, राममाया राई, कृष्णमणि राई, नेत्रमणि राई र टीका विकको परिवार विस्तापित भएको हो । उनीहरूलाई गाविसको भवनमा सारिएको छ ।
पहिरोले घर तान्न थालेपछि बुधबार नै विस्थापित बनेका फेदी–५ का नौमनी दर्जीको ७ जनाको परिवार, रामबहादुर राईको ५, ज्ञानबहादुर सार्कीको ७, हर्कबहादुर दर्जीको ६ र माया राईको ४ जनाको परिवार पत्करू निमाविको भवनमा बसेका छन् ।
पहिरोका कारण बाँसपानी–१ का हरिबहादुर खड्का, विन्दा खड्का, सूर्यबहादुर खड्का, जयबहादुर खड्का, अमिनबहादुर राईको परिवार बिस्थापित बनेको गाविस सचिव रामबहादुर बस्नेतले जानकारी दिए ।
घर पहिरोले भत्किएपछि दोर्पाचिउरीडाँडा–७ का चन्द्रबहादुर राई र धननारायण प्रधानको परिवार विस्थापित बनेको प्रशासनले जनाएको छ ।
गाउँमा बाढी पस्यो, गाउँलेहरु भागाभागको अवस्थामा
नेपालगन्ज, ३० साउन । विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षापछि राप्ती नदीमा जलस्तर बढेर गाउँमा बाढी पसेपछि स्थानीयवासीको भागाभाग भएको छ ।
बाँके जिल्लाको कुसुमस्थित बाढी मापन केन्द्रका अनुसार, नदीको जलस्तर ८ मिटर ३० सेमि पुगेको छ । नदीमा पानीको सतह ५ मिटर ४० सेमि पुग्यो भने खतराको चिह्नमा पुगेको मानिन्छ ।
जलस्तर बढेर नदी क्षेत्रका टेपरी, पिप्रहवा, होलिया, बेतहनी, लक्ष्मणपुर, नरैनापुर, फत्तेपुरलगायतका गाउँमा बाढी पसेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
नदी क्षेत्रअन्तर्गत अति जोखिममा रहेको होलिया गाउँ बढी प्रभावित भएको सहायक प्रजिअ गन्जबहादुर एमसीले जानकारी दिए ।
उनका अनुसार सो गाउँका सबै जनता घर छाडेर सुरक्षित स्थानतर्पm लागेका छन् ।
‘त्यहाँका नागरिक अहिले ज्यान बचाउन चिच्याइरहेका अवस्थामा छन्,’ उनको भनाइ थियो । उनीहरुको उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ ।
राप्ती नदीको बाढीले गाउँ क्षेत्र डुबानमा परेपछि स्थानीय प्रशासन कार्यालयले कस्टर समूहअन्तर्गतको उद्धार समूह, राहत समूह र स्वास्थ्य समूहलाई नेपालगन्ज तथा सम्भावित डुबान प्रभावित गाउँ क्षेत्रमा परिचालन गरेको छ ।
आज बिहान अर्का सहायक प्रजिअ कृष्णप्रसाद आचार्यसहितको टोलीले बाढी डुबान क्षेत्रको अवलोकन गरेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्यस क्षेत्रका नागरिकको छिटो उद्धारका लागि केन्द्रसँग थप आवश्यक सहयोग माग गरेको छ ।
भारतले बाँके जिल्लाको नेपाल–भारत सीमा नजिक अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र तटबन्धका कारण राप्ती नदीको प्राकृतिक बहाव रोकिन गई बाँके जिल्लाको राप्तीपारी नेपाली भूमिका आधा दर्जनभन्दा बढी गाविसका नागरिक प्रत्येक वर्ष बाढी तथा डुबानको जोखिम मोल्न बाध्य छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार