विभिन्न समूहसँग भएका वार्ताको जानकारी समितिलाई

३० श्रावण २०७१, शुक्रबार १४:४४ मा प्रकाशित

काठमाडौं, ३० साउन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा प्रारम्भिक वार्ता उपसमितिले हालसम्म विभिन्न राजनीतिक दल तथा समूहहरुसँग गरेको संवाद तथा वार्ताका उपलब्धिका बारेमा जानकारी गराएको छ ।
उपसमितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले हालैमात्र जनकपुरमा तराईका विभिन्न समूहसँग भएका वार्ता र तिनका उपलब्धिबारेमा बैठकमा जानकारी गराउनुभएको समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।
उपसमितिले आजै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यलाई ती समूहसँग भएका वार्ता र सहमति एवम् सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराउन लागेको उनले जानकारी दिए ।
समितिको बैठकमा विवाद उपसमितिले तयार पारेको न्यायप्रणाली र व्यवस्थापिकासम्बन्धी प्रतिवेदनसमेत प्रस्तुत भएको छ ।
बैठकमा समितिका सदस्यहरुले प्रारम्भिक वार्ता उपसमितिले हालसम्म संविधानसभा बाहिरका राजनीतिक दल तथा समूहहरुसँग भएका वार्ता तथा संवाद अत्यन्त सकारात्मक भएको भन्दै यसलाई निरन्तरता दिन सुझावसमेत दिएका सचिव शर्माले जानकारी दिए ।
हालसम्म भएका वार्ताका उपलब्धिलाई संस्थागत गर्न सरकार गम्भीर बन्नुपर्ने समितिका सदस्यहरुले बैठकमा बताउनुभएको थियो । बैठक समितिका सभापति डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको थियो ।
यसैबीच सभापति डा. भट्टराईले संविधान लेखनमा ट्र्याक–२ विधिअन्तर्गत आज राज्यको पुनःसंरचनका बारेमा विज्ञहरुसित छलफल गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार