चेन्नेईद्धारा दिल्ली ८६ रनले पराजित

१३ जेष्ठ २०६९, शनिबार ०९:४८ मा प्रकाशित


काठमाडौ, १३ जेठ । कोलकत्ता नाईट राईडर्स र चेन्नेई सुपर किग्स इन्डियन प्रियिमर लिगको उपाधिका लागि भिड्ने भएका छन् । गएराती अवेर सकिएको दोस्रो प्ले अफमा दिल्ली डेयर डेभिल्सलाई ८६ रनको फराकिलो अन्तरले पराजीत गरेपछि साविक विजेता चेन्नेई र कोलकत्ताबीच प्रतिस्पर्धा हुने भएको हो । पहिलो प्ले अफमा दिल्लीलाई पराजीत गरेको कोलकत्ता पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । भाग्यले साथ दिएको साविक विजेता चेन्नेईलाई अव
इन्डियन प्रिमियर लिग ह्याट्रिक गर्ने अवसर पनि मिलेको छ । लिगको पाँचौ संस्करणको लागि भोलि प्रतिस्पर्धा हुने छ । चिदम्वरम स्टेडीयमा पहिले व्याटिङ गरेको चेन्नेईका लागि सुरुवाती व्याट्सम्यान मुरली विजयले धुवाँदार व्याटिङ गरेपछि जारी लिगको उच्च स्कोर बनाएको हो । मुरलीले ५८ वलमा ४ छक्का र १५ चौको मद्यतले १ सय १३ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा