पहिरोले नरमका पाँच घर पुर्‍यो

३० श्रावण २०७१, शुक्रबार १४:३९ मा प्रकाशित

कावासोती, ३० साउन । तीन दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा नवलपरासीको पुरानो नरमका पाँच घर पुरिएका छन् ।
समाजसेवी हुमनाथ पाण्डेका अनुसार आज बिहान ९ बजे आएको पहिरोले भीमबहादुर माकिम, हुमानसिंह माकिम, नरबहादुर माकिम, होमबहादुर माकिम र प्रेमसिंह गेलाङ मगरको घर पुरेको हो ।
पहिरो जाँदा घरभित्रै रहेकी भीमबहादुर माकिमकी श्रीमती ३५ वर्षीया रेखीमाया भने निस्कन नसकेको पाण्डेले जानकारी दिए । पहिरोका कारण धनजनको क्षति भए पनि मानवीय क्षतिका बारे एकीन विवरण आएको छैन ।
सदरमुकाम परासीबाट पूर्व उत्तर १२० किलोमिटर टाढा रहेको त्यस ठाउँमा उद्धारका लागि कुनै पनि टोली जान सकेको छैन ।
दलदलेबाट पहाडी भेगका लागि छुट्ने सवारीसाधन सडकमा गएको पहिरोको कारण जान नसकेपछि उद्धारमा समस्या भएको हो । जिल्लाको पहाडी भेगमा पहिरोको जोखिम रहेको छ भने तराईमा खहरेखोला र नारायणी नदीको कटान र डुबानले हैरान पारेको छ ।
त्यस्तै अरुणखोलमा आएको बाढीले नयाँ बेलहानी गाविसको द्वारदहमा नहरको बाँध बगाएको छ । बाँध बगाएपछि बाढीले खेतको कटान थाल्दा बस्तीमा खोला पस्ने खतरा बढेको स्थानीय ओमबहादुर मल्लले जानकारी दिए ।
यता नारायणीमा आएको बाढीले गैँडाकोट, मुकुन्दपुर, पिठौली, कोल्हुवा र नारायणी प्रसौनीमा जमिन कटान गर्न थालेको बाढी मुक्ति मञ्चका शिव न्यौपानेले बताए ।
नारायणीमा पानीको बहाव बढेकाले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।