सल्यानमा घरमा पुरिएर बालिकाको मृत्यु

३० श्रावण २०७१, शुक्रबार ११:०० मा प्रकाशित

सल्यान, ३० साउन । अविरल बर्षासंगै आएको पहिरोले घर भत्किँदा सल्यान जिल्लामा एक वालिकाको ज्यान गएको छ ।
कालिमाटी रामपुर– २ मा घर माथिबाट आएको पहिरोले घर भत्किँदा ७ वर्षीया बालिका विन्दु सिँजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शारदा नगरपालिका–३ बडाखोलास्थित डिलबहादुर बुढाथोकीको घर अविरल वर्षाका कारण भत्किएको छ । घर भत्किए पनि मानवीय क्षति भएको छैन । घरमा रहेका लत्ता कपडा, अन्नपात पुरिएको छ ।
शारदा नदी किनारमा रहेका घरहरू पनि डुबानमा परेका छन् । काभ्रेचौर– ९ घुइयाबारीमा बर्षाका कारण बबइ खोला बढेर ३ घर डुबानमा परेका छन् ।
यस्तै राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान र रुकुम सडकखण्डपनि अबरुद्ध भएको छ ।
अविरल वर्षाले तुलसिपुर–कपुरकोट सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ । पहिरोका कारण यातायातका साधन चल्न सकेका छैनन् ।
राप्ती लोकमार्ग अन्तर्गत नै सल्यानको धनवाङ– २ स्थित जिल्ला वनस्पती कार्यालय नजिकै पहिरो झरेको छ । पहिरो झरेका कारण सवारी साधनहरू सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने