लामो समयदेखि बन्दका कारण कपिलवस्तुको कृष्णनगर क्षेत्रका उद्योग प्रभावित

१३ जेष्ठ २०६९, शनिबार ०९:४७ मा प्रकाशित

कपिलबस्तु, १३ जेठ । पटक पटक विभिन्न संघसंगठनका बन्द, हड्तालका कारण कपिलवस्तुको दक्षिण पश्चिम क्षेत्रका उद्योगधन्दाहरु मारमा परेका छन् । जिल्लाको कृष्णनगर क्षेत्रमा रहेका ठुला तथा साना उद्योगमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ । ठुलो राजस्व संकलन हुने सिमेन्ट, क्रसरलगायत साना उद्योगहरु विभिन्न समयमा हुने बन्दका कारण पूर्णरुपमा प्रभावित भएका हुन् । सिमेन्ट तयार गर्न भारतबाट ल्याइएको क्रिन्टर कच्चापदार्थ नेपाल भारत सिमावर्ती क्षेत्र कृष्णनगरमा रोकिएको र बन्दको कारणले त्यहि अनलोड गरिएकोले आधा भन्दा बढि कच्चा पदार्थ नोक्सान हुने विश्वकर्मा सिमेन्टका प्रबन्धक नन्दकिसोर शर्माले बताउनु भएको छ । शर्माले दैनिक ८ देखि १० लाखको कारोबार हुने भने पनि हाल उद्योग बन्द रहेकोले  नोक्सान ब्यहोर्नु परेको दुखेसो पोख्नुभयो । त्यसैगरी क्रेसर उद्योगहरु प्नि बन्द रहेको छन । बन्द हडतालको कारण सम्पुर्ण ढुवानिका साधन चल्न नसकेको र कर्मचारी तथा प्रशासनिक खर्च ब्यवस्थापन गर्न गाह्रो भएको क्रसर संघका सदस्य रामजी नेपालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका