सरकारलाई दिनहुँ रुलिङ

३० श्रावण २०७१, शुक्रबार ०५:५१ मा प्रकाशित

काठमाडौँ, ३० साउन । सरकारले नै सदनलाई बेवास्ता गरेपछि संसदीय उत्तरदायित्वसम्बन्धी संबैधानिक ब्यवस्था कार्यान्वयनका लागिसमेत सभामुखले निर्देशन दिनुपरेको छ ।

सदनमा शून्य, विशेष समय र अझ खास (टेबल ठोकेर पाएको) समयमा उठाइएका विषयलाई सरकारले बेवास्ता गरेको भन्दै सांसदहरुले नियमित गुनासो गरेपछि सभामुख सुवास नेम्वाङ्गले बिहीबार सरकारलाई विशेष निर्देशन दिएका हुन् ।

‘अन्तरिम संविधानअनुसार मन्त्रिपरिषद सदस्यहरु सामूहिक र ब्यक्तिगतरुपमा सदन प्रति उत्तरदायी हुनुपर्छ,’ नेम्वाङले सदनमा भने, ‘सांसदहरुले शून्य, विशेष समय र अझ खास समयमा उठाएका सबै विषयको यथोचित संबोधन गर्नु सरकारको दायित्व हो । यो दायित्व पुरा गरेको देखिन बेलाबेलामा मन्त्रीहरुले सदनलाई जवाफ दिनुपर्छ । यस्तो कार्य नियमित गर्न म सरकारलाई निर्देश गर्दछु ।’

शून्य समयमा थुप्रै सांसदहरुले सदनमा आफूहरुले पटकपटक उठाएका प्रश्न सरकारले बेवास्ता गरेको उल्लेख गर्दै सदनमा बोलिरहनुको औचित्यमाथिनै प्रश्न उठाएपछि नेम्वाङ्गले संसदप्रतिको उत्तरदायित्वसम्बन्धी संबैधानिक ब्यवस्थातर्फ सरकारको ध्यानाकर्षण गराउनु परेको हो ।

सभामुखले तोकेरै रुलिङ्ग गरेको र प्रतिपक्षले जवाफका लागि सदन अवस्द्ध गरेको अवस्थामामात्र मन्त्रीहरुले सदनमा जवाफ दिने गरेका छन् । अपवादका रुपमा वनमन्त्री महेश आचार्यले भने चुरे संरक्षणसम्बन्धी मन्त्रिपरिषदको निर्णयबारे सदनलाई जानकारी गराएका थिए ।

नेम्वाङ्गले सांसदहरुले प्रश्न नउठाए पनि सार्वजनिक महत्वका विषय र महत्वपूर्ण सरकारी निर्णयबारे सदनलाई जानकारी गराउन पटकपटक सम्झाउँदै आएका छन् ।

नेम्वाङ्गले बिहीबारै पनि अप्रिmकी मुलकबाट फैलिएको प्राणघातक इबोला रोगको जिवाणू आउन नदिने सरकारले अपनाएको पूर्वसतर्कता र गरेका कामबारे अविलम्ब सदनलाई जानकारी गराउन निर्देशन दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । कांग्रेस सांसद धनराज गुरुङ्गले विज्ञप्ति जारी गर्नेबाहेक इबोला रोकथामका लागि सकारले कुनै काम नगरेको टिप्पणी गरेका थिए ।

उखु किसानले मुल्य नपाएको, तराईमा समयमै पानी नपरेका कारण खेत बाँझो भएको, चिलिमे जलविद्युत परियोजनामा कर्मचारी सरुवाबाट उत्पन्न विवाद, वीर अस्पतालमा चिकित्सकले गरेको हड्ताल, प्रहरीमा अवरुद्ध बढुवा जस्ता जल्दावल्दा विषयमा पटक-पटक उठाएका प्रश्नको जवाफ नपाएर प्रतिपक्षि मात्र होइन, सत्तापक्षका सांसदहरु समेत सरकारसंग आजित छन् । थुपै सांसदहरुले सुन्य समयको सदुपयोग त्यसअघि उठाएका विषयको संबोधन नभएकोमा गुनासोमा विताउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।