संघीय समाजवादी छाडेर एमालेमा प्रवेश

२९ श्रावण २०७१, बिहीबार १७:४३ मा प्रकाशित

काठमाडौं, २९ साउन । एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा (एमाले)बाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता मूल घर एमालेमै फर्कनुभएको छ । पार्टी प्रवेश गर्नेमा समाजवादीका सचिव मीना गुरुङलगायत हुनुहुन्छ ।
सुब्बा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । उहाँले तत्कालीन एमालेका उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गर्नुभएको थियो ।
एमालेको केन्द्रीय कार्यालय बल्खुमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष ओलीले हावाहुरी लागेका बेला रुख ढल्किएजस्तो कहीँ साथी दायाँबायाँ गए पनि पुनः मूलघरमा मोहियानी हक र हिस्साका साथ प्रवेश गरेकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले कुनै पदको लोभ वा आश्वासनबिना सही निर्णय गरेर एमालेमा फर्र्केकामा आभार व्यक्त गर्नुभयो ।
नेता सुब्बाले भावावेशमा पार्टी छाडेर गए पनि अन्ततः पार्टीको विचारलाई सही ठान्दै फर्केको र पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच, एमालेको जारी दोस्रो केन्द्रीय कमिटीको आजको बैठक केहीबेरअघि प्रारम्भ भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र