संयुक्त राजनीतिक दलित संघर्ष समितिले शान्ति मन्त्रालयमा वार्ता गर्दै

१३ जेष्ठ २०६९, शनिबार ०९:४५ मा प्रकाशित


काठमाडौ, १३ जेठ । नयाँ बन्ने संविधानमा दलित समुदायका अधिकार सुनिश्चि गर्नुपर्ने मागसहित आज संयुक्त राजनीतिक दलित संघर्र्ष समिति र  शान्त्ति मन्त्रीसहित अन्यमन्त्रीसहितको टोलीसँग बार्ता हुने भएको छ । शान्त्ति मन्त्रालयमा केही बेरमा सुरु हुने बार्तामा समितिले उठाएको  १० बुँदे माग प्रस्तुत गर्न लागिएको छ । संविधानको प्रस्तावनामा “सदियौदेखि दलित समुदायमाथि हुँदै आएको जातीय छुवाछूत र विभेदको आत्मालोचनासहित पश्चाताप गर्दै” जातीय छुवाछूत र विभेदलाई जघन्य अपराधका रुपमा परिभाषित गर्न १० बुँदे  मागमा उल्लेख गरिएकोे छ ।  दलितहरुमाथि  भइरहेको  उत्पीडनको क्षतिपूर्ति वापत राज्यका सम्पूर्ण अङ्ग, निकाय तथा क्षेत्रहरुमा समानुपातिकका अतिरिक्त १० प्रतिशत थप अधिकार सुनिश्चित गर्नुपर्ने, दलित अधिकार सुनिश्चितताका लागि अधिकार सम्पन्न संवैधानिक राष्ट्रिय दलित आयोगको सुनिश्चितता गर्नुपर्नेलगायतका मागका बारेमा शान्त्तिमन्त्री टोपबहादुर रायमाझीलाई जानकारी गराउन लागिएको   नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विकेले जानकारी दिनुभयो । यसअघि हिजो समितिले प्रधानमन्त्रीलाई भेटेर मागको सम्वोधन गर्नुपर्ने २४ घन्टे अल्टिमेटमासहित १० बुँदे मागका बारेमा जानकारी गराएको छ । आफ्ना मागहरुलाई राज्यले वेवास्ता गरे आफुहरु काडा आन्दोलनमा उत्रने समितिले बताएको छ । संघर्ष समितिले केही दिनदेखि संघर्षका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक