बाढीले पूर्व–पश्चिम राजमार्गमा अवरोध

२९ श्रावण २०७१, बिहीबार १७:३४ मा प्रकाशित

रौतहट, २९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चाँदी पुल नजिकको लच्कामा गएरातिदेखि बाढी आएपछि सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ ।
रातभर परेको मुसलधारे पानीका कारण आएको बाढीले बिहान साढे ४ बजेदेखि सवारी आवागमन अवरोध उत्पन्न भएको हो ।
सवारी आवागमनमा अवरोध उत्पन्न भएपछि चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र बेस क्याम्पका सुरक्षाकर्मीले बाग्मती सिँचाइ आयोजनाको रौतहटतर्फको नहर प्रणालीको नौवटा ढोकामध्ये तीनवटा खोलेपछि जमेको पानीको बहाव केही कम भएको र सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन गरिएको थियो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक भोला गिरीले सुरक्षाकर्मीको सक्रियतामा मुख्य राजमार्गको अवरोध एकतर्फी रूपमा खोलिएको बताउनुभयो ।
यसैबीच, तराईको बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा अविरल रूपमा वर्षा भएपछि कृषक हर्षित भएका छन् । कतै यस्तो पानीले अनिष्ट गर्ने त होइन भन्ने चिन्ता पनि सर्वसाधारणमा देखिएको छ ।
लगातारको पानीका कारण बाग्मती तथा लालबकैया नदीमा जलस्तर बढ्नुका साथै नदी आसपासका भागसमेत कटानमा पर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्