नक्कलीलाई भगाउने गायक सरोज रहेनन्

२९ श्रावण २०७१, बिहीबार १३:५३ मा प्रकाशित

Saroj-gopalकाठमाडौं । ‘देउराली उकाली चढेर’, ‘नक्कलीलाई भगाइ लग्यो झिल्केले’ जस्ता थुप्रै चर्चित लोकगीतका गायक सरोज गोपालको निधन भएको छ ।
६५ वर्षीय गायक गोपालको पोखरास्थित आफ्नै निवासमा बिहीबार सुतेको अवस्थामा निधन भएको हो । बिहान आठ बजे उनको शरीर स्थिर देखेपछि छोरीले नजिकैको मेडिकलबाट चिकित्सक बोलाएर देखाउ“दा मृत्यु भएको थाहा भएको थियो ।
मधुमेह र उच्च रक्तचापको समस्या झेल्दै आएका सरोजको निधन हृदयघातबाट भएको आशंका आफन्तले गरेका छन् ।
बुधबार राति नौ बजेसम्म टोलको बैठकमा सक्रिय सरोजको अप्रत्याशीत मृत्युको खबरले संगीतप्रेमी आश्चर्यमा परेका छन् ।
नगर विकास प्रशिक्षण केन्द्रमा लामो समय जागिरे जीवन बिताएका उनले ०४७ सालताका त्यहा“बाट स्वैच्छिक अवकास लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा कार्यक्रम प्रमुखका रुपमा सेवा गरे ।
माछापुछ«े एफएममा स्टेशन प्रमुखका रुपमा काम गरेका उनको शरीरलाई आजै पोखरा–१ स्थित गाईघाटमा अन्त्येष्टी गरिनेछ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै