रणनीति तय गर्न एमाले संसदीय दलको बैठक जारी

१३ जेष्ठ २०६९, शनिबार ०९:४३ मा प्रकाशित

काठमाडौ, १३ जेठ । नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ ।  दलको कार्यालय सिंहदरबारमा जारी  बैठकमा संविधान निर्माणको प्रक्रिया, सङ्घीयताको सवालमा दलको धारणा र विवादित विषयमा मतदानसम्बन्धी छलफल हुने सभासद् शान्ति पाख्रीनले जानकारी दिनुभयो । भोलिसम्ममा संविधान जारी गर्नुपर्ने दबाब परिरहेको बेला दलले निर्वाह गर्ने भूमिका र रणनीति तय गर्ने विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । समय कम भएकोले विवादित विषयमा मतदान प्रक्रिया जान सम्भव नहुने धारणा एमालेले राखिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ