पशुपतिनगरका दस घर बाढीको उच्च जोखिममा

२९ श्रावण २०७१, बिहीबार १२:१९ मा प्रकाशित

गौशाला, २९ साउन । महोत्तरीको रातो नदी किनारमा रहेको पशुपतिनगर गाविस मगर टोलका १० वटा घर बाढीको उच्च जोखिममा परेको छ ।
पहाडी भेगमा परेको अविरल वर्षाले बुधबार राति रातो नदीमा आएको भीषण बाढीका कारण पशुपतिनगर गाविस–७ का उजरमान राणा, सन्तबहादुर पुलामे, वासुदेव राणा, खड्गबहादुर राणा, जीतबहादुर धुरुञ्च्याङ्गी, विष्णुबहादुर राणा, पद्मबहादुर राणालगायत १० जनाको घर कुनै पनि बेला बाढीले बगाउने स्थितिमा रहेको पीडित परिवारले बताएका छन् ।

पीडित परिवारलाई प्रहरी र स्थानीयको सहयोगमा अहिले सुरक्षित स्थानमा सारिएको छ । बाढीको पानी बस्तीमा पसेकोले चारैतिर क्षति पुराइरहेको स्थानीय विजय महतोले बताए । बाढीले स्थानीय चार बिघाभन्दा बढी खेतीयोग्य जग्गा बगाइसकेको छ भने कटान गर्ने क्रम अझै जारी रहेको छ ।

यता बाढीबाट मानवीय क्षति हुन नदिन पशुपतिनगरमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको र पीडितहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना