
जाजरकोट, २९ साउन । जाजरकोटको सक्ला–३ वण्डालामा पहिरो जाँदा एकै घरका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन ।
मृत्यु हुनेमा ३४ वर्षीया नवरती, उनका ७ वर्षीय छोरा नवराजको मृत्यु भएको छ । बाबु ३५ वर्षीय जयलाल र ८ वर्षीया कमला र १० वर्षीया आरती बोहरा गम्भीर घाइते भएका छन् ।
घाइतेको उपचारका लागि स्वास्थ्य चौकी सेपुखोला सक्लाका इन्चार्ज वीरराजसिंह घटनास्थलमा पुगेर उपचार सुरु गरिसकेको जानकारी दिएका छन् ।
घाइतेको उपचार जारी राखे पनि अहिलेसम्म होस खुलेको छैन । नियमित पानी परिराखेकाले तीनवटा घर पनि बगेका छन् ।
नन्दे कुमाई, भरुने कुमाई, कालीबहादुर कुमाईको घर पहिरोले बगाइसकेको छ । नियमित पहिरो गएका कारण उद्धारमा समस्या परेको वण्डालाका डिल्ली रावलले टेलिफोनमार्फत जानकारी दिएका छन् ।
पहिरोले बिहीबार बिहान ३ बजे घर बगाएको थियो । यो क्षेत्र सदरमुकामबाट दुई दिनको पैदल दूरी पर्दछ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज
नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा