फर्जी बिलमा ६८ लाख भुक्तानी

२९ श्रावण २०७१, बिहीबार ०८:०४ मा प्रकाशित

काठमाडौं, २९ साउन । जहाजको आतेजाते टिकट नक्‍कली। गाडी, होटल, पेट्रोल, खाजा, खाना, सबै बिल नक्‍कली। कार्यक्रम गर्ने नाममा हुँदै नभएको होटेलको हल भाडा तिरेको रसिद नक्‍कली। दुर्गम जिल्लाका अधिकांश कार्यक्रमको झूटो प्रतिवेदन।

कार्यशालामा उपस्थित भनिएका स्वास्थ्य कार्यकर्ता र स्टेसनरी सामानको पनि नक्कली विवरण। मृत्युदर घटाउने बहानामा यस्तो घोटाला। यो पनि असहाय वर्गका नाममा।

यसरी नक्‍कली विवरण पेस गरेर ६८ लाख रुपैयाँ कुम्ल्याउने स्वास्थ्य सेवा विभागका हाकिमहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

विभागअन्तर्गत प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक डा। आनन्दकुमार श्रेष्‍ठसहित ११ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारमा मुद्दा दायर भएको छ। मुद्दा दायरपछि सबै निलम्बनमा परेका छन्।

अनुसन्धानका लागि जिल्लामा तय भएको कार्यक्रम नगरी काठमाडौंमै बसेर प्रतिवेदन तयार पारेको फेला परेपछि हानिनोक्सानीको बिगो दाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

श्रेष्‍ठसँगै महाशाखाका पूर्वनिर्देशक डा। बालकृष्ण सुवेदी, जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्‍ठ, जनस्वास्थ्य अधिकृत रत्‍नलाल श्रेष्‍ठ, शाखा अधिकृत डोलराज शर्मा, रूपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल, फर्माशिस्ट भरतमणि मरहठ्ठा, जनस्वास्थ्य निरीक्षक रामजी घिमिरे, सिनियर असिस्टेन्ट हेल्थ वर्कर रामशरण अधिकारी र खरिदार कविराज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

उनीहरुले उत्पीडित एवं असहाय वर्गको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित कार्यक्रम भएको विवरण विभागमा पेस गरेका छन्।

गरिबलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरी मृत्युदर र रोग लाग्ने दर कम गर्ने सरकारको लक्ष्य पूर्तिका लागि तय भएको कार्यक्रममा यसरी घोटाला भएको हो। जिल्लामा बिरामीका लागि अत्यावश्यक औषधि अभाव हुन नदिने उद्देश्य पनि कार्यक्रमको हो।

तर व्यक्तिगत लाभका लागि जनस्वास्थ्यजस्तो गम्भीर विषयमा खेलबाड गरिएको निष्कर्षमा अख्तियारको पुगेको छ। उनीहरूको हाजिर रेकर्ड हेर्दा कार्यालयमै रहेको देखिएको छ।

तर भ्रमण आदेश बनाई हवाईजहाजको नक्‍कली टिकट पेस गरेर भत्ता खाने कार्य भएको छ। अनुसन्धानका क्रममा पेस्की लिई फर्स्योटका लागि पेस गरिएका सबै बिलभर्पाई फर्जी फेला परेका छन्।

हवाईजहाजबाट जानेले पनि वास्तविक भाडाभन्दा दोब्बर रकम राखेर टिकट पेस गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । एउटै उडान नम्बरको टिकटमा नाम परिवर्तन गरी तीनजनाले ई-टिकट पेस गर्दै रकम बुझेका छन्। एकै दिनको कार्यक्रममा सहभागीका लागि भनेर दसदसपल्टसम्म एकै होटेलबाट खाजा र खाना सेट खरिद गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह