एमाओवादीले प्रशिक्षण नरोक्ने

२९ श्रावण २०७१, बिहीबार ०७:५७ मा प्रकाशित

काठमाडौं, २९ साउन । आन्तरिक विवादमा फसेको एकीकृत नेकपा माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई नरोक्ने भएको छ।

लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले भदौ दोस्रो साता राष्ट्रिय परिषद बैठक डाकेर आन्तरिक विवादको समाधान खोज्ने र जारी वैचारिक तथा राजनीतिक प्रशिक्षण नियमित गर्ने निर्णय गरेको हो।

‘हाल जिल्ला–जिल्लामा जारी राजनीतिक प्रशिक्षणलाई स्थगित नगर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘सहमतिका आधारमा नै नयाँ कार्यतालिका बनाएर प्रशिक्षणलाई जारी राख्छौं।’

उनका अनुसार बाबुराम भट्टराई पक्षसँग सहमति जुटाएर नै राजनीतिक प्रशिक्षणलाई नयाँ कार्यतालिकाअनुसार जारी राख्ने निर्णय बैठकले गरेको हो।

अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच विवाद बढ्दै गएपछि त्यसलाई हल गर्न भन्दै गत आइतबार भट्टराई पक्षले जारी समानान्तर समिति गठन प्रक्रिया नबढाउने तथा संस्थापन पक्षले राजनीतिक प्रशिक्षण स्थगित गर्ने भद्र सहमति भएको थियो।

बुधबार बसेको स्थायी समिति बैठकले भने समानान्तर समिति गठन प्रक्रियालाई रोके पनि जारी राजनीतिक प्रशिक्षणलाई भने निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष दाहाल अर्थात संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको भट्टराई पक्षले अन्यायमा परेका जिल्लामा समानान्तर समिति गठन गरेको बताउँदै आएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

भट्टराई पक्षले डेढ दर्जन जिल्लामा समानान्तर समिति गठन गरेपछि एमाओवादीमा संस्थापन पक्ष र भट्टराई पक्षबीच विवाद बढेको हो। उक्त विवाद हल गर्न आइतबार शीर्ष नेताको संयुक्त बैठक बसेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च