गीत सर्वजनिकपछि पतिपत्नीवीच कटुता

२९ श्रावण २०७१, बिहीबार ०७:३७ मा प्रकाशित

15294105-standardलस एन्जलस । गीतका माध्यमले लाखौ प्रशंसकको मन जित्न सफल गायिका बेयोन्स नोल्सले ब्याङ्ग्य मिसाएका गीत सार्वजनिक भएपछि पतिसँग कटुता बढेको छ ।
उनले आफ्नो चर्चित गीत ‘रिसेन्टमेन्ट’का शब्दमा परिवर्तन गरेर पे्रममा धोका दिने श्रीमान् जे जेडलाई पीडा पुग्ने ब्यङ्ग्य शब्द प्रयोग गरेकी हुन् ।
म्युजिकल टुर ‘अन द रन’ यात्राकी क्रममा रहेकी गायिका बेयोन्सले गीतका ब्यङ्ग्य मिसाएपछि सोसल साइटमा उनलाई फलो गर्नेको संख्या वृद्धि भएको छ ।
उनी र उनका श्रीमान् जेडको सम्बन्धका विषयमा बिभिन्न चर्चा–परिचर्चा हुने गरेको छ । गीत सार्वजनिक भएपछि उनका श्रीमान रिसाएका छन् ।
श्रीमानको अर्कै केटीसँगको अफेयर्स थाहा पाएपछि उनलाई सचेत गर्न बेयोन्सले गीत बनाएको बताएकी छन् ।
‘मेरो गीत बनाउनुको उदेश्य श्रीमानलाई सचेत गराउने थियो,’ उनले भनेकी छन्, ‘तर यसले सकारात्मक भन्दा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।’
श्रीमानसँगको आफ्नो सम्बन्ध अहिले धरापमा परेको समेत उनले खुलाएकी छन् । बेयोन्स र जेड वैवाहिक सम्बन्धमा बाँधिएको भर्खर ६ वर्ष पुगेको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ । भिडियोमा उनी

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई

भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो