जेठ १४ को पूर्व सन्ध्यामा सहमतिको अन्तिम प्रयासमा बाधा

१३ जेष्ठ २०६९, शनिबार ०९:४१ मा प्रकाशित

काठमाडौ, १३ जेठ । संविधानका विवादित विषयमा सहमति जुटाउन अन्तिम छलफलमा जुटेका मधेसी मोर्चासहित प्रमुख दलका शिर्ष नेताहरुको बैठक औपचारिक रुपमा बस्दै नबसरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको बैठकमा सहभागी हुन शिर्ष नेताहरु पुगे पनि बैठक औपचारिकतामा प्रवेश नै गर्न पाएन । केही बेर अनौपचारिक रुपमा बसे लगत्तै नेताहरु बैठक स्थलबाट बाहिरिएका थिए । नेताहरु आन्तरिक तयारीकोलागी भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । स्रोतका अनुसार पार्टीभित्र आन्तकिर छलफलपछि दलहरु सहमतिको अन्तिम प्रयासमा जुट्ने छन् ।  संविधानसभाको म्याद सकिन अब दुई दिन मात्रै बाँकी रहे पनि दलहरूबीच संविधानका मुख्य विषयहरूमै सहमति जुट्न नसकेपछि अन्यौल बढ्दै गएको छ । दलहरूले आज पनि दिनभरि सहमतिका लागि अन्तिम प्रयास गर्ने बताएका छन् । यसका लागि आज दुई पक्षीय, बहुपक्षीय छलफललाई तीब्रता दिने दलहरूले बताएका छन् । जारी बैठकमा नेताहरूले विवादित विषयमा सकेसम्म सहमति हुने विश्वास व्यक्त गरेका छन् । हिजो पनि दिनभरि छलफलमा जुटेका दलहरू सहमतिमा पुग्न सकेनन् । राज्य पुनःसंरचनामा प्रदेशको सङ्ख्या, नामाङ्कन र सीमाङ्कनमा आ–आफ्ना अडान कायम रहेपछि दलहरू सहमति पुग्न नसकेका हुन् । एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा सङ्घीयतासहितको संविधान ल्याउनुपर्ने अडानमा उभिएका भने काङ्ग्रेस र एमाले सङ्घीयताको विषयलाई अहिले थाँती राखेर भएपनि भोलिसम्ममा संविधान जारी गर्नुपर्ने अडानमा छन् । एकल पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने माओवादी र मोर्चाले राखेको प्रस्ताव अस्वीकार गर्दै काङ्ग्रेस र एमालेले भने बहुपहिचानको प्रस्ताव अघि सारेका छन् । तीन महिना संविधानसभाको म्याद थप्न सरकारले अघि सारेको प्रस्तावलाई सर्वोच्च अदालतले रोक लगाईदिएपछि दलहरूलाई भोलिसम्ममा संविधान जारी गर्नुपर्ने कानुनी दबाब परेको छ । दलहरूको आ–आफ्नै अडानमा गर्दा संविधान पनि जारी गर्न नसकिने र संविधानसभा पनि भङ्ग हुने खतरा बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई