आदिवासी जनजातिहरुले आज संविधानसभा घेराउ गर्ने

१३ जेष्ठ २०६९, शनिबार ०९:३९ मा प्रकाशित

काठमाडौ, १३ जेठ । जातीय पहिचानसहितको राज्य पुनःसंरचना हुनुपर्ने माग गर्दै आएका आदिवासी जनजातिहरूले आज संविधानसभा भवन घेराउ गर्ने भएका छन् । सङ्घीयतासहितको संविधान जारी गर्न दबाब दिने उद्देश्यले आज संविधानसभा भवनको चारै दिशामा घेराउ तथा प्रदर्शन गर्न लागेको आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति सचिवालय संयोजक परशुराम तामाङले जानकारी दिनुभयो । आदिवासी जनजातिहरूले सङ्घीयता विनाको संविधान मान्य नहुने बताउँदै आएका छन् । यसैगरी मुख्य विवादहरू अहिले नटुङ्ग्याइकन रुपान्तरित संसदमा लगे अस्वीकार गर्ने पनि उनीहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति