रियाललाई युइएफए सुपर कप

२८ श्रावण २०७१, बुधबार १४:१५ मा प्रकाशित

Uefa super cup– एजेन्सी
लन्डन, २८ साउन । विश्वकै उत्कृष्ट खेलाडीहरूले भरिएको रियाल म्याड्रिड आफ्नै देशको सेभियालाई हराउँदै युइएफए सुपर कप जित्न सफल भएको छ ।
गत संस्करणको च्याम्पियन्स लिग विजेता रियाल र युरोपा लिग विजेता सेभियावीचको प्रतिस्पर्धामा रोनाल्डोले निर्णायक दुई गोल गरेका थिए ।
वेल्सको कार्डिफ सिटीमा भएको उपाधि भिडन्तमार्फत जेम्स रोड्रिग्वेज र टोनी क्रसले रियालबाट प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरे । वेल्सकै ग्यारेथ बेलको पासमा रोनाल्डोले खेलको ३० औँ मिनेटमा गोल गरेका थिए ।
उनले ४९ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि गत सिजन च्याम्पियन्स लिग जितेको रियाल म्याड्रिड जीतपछि उत्साहित रुपमा नयाँ सिजनको सुरुआत गर्दैछ ।
रियालको चिरप्रतिद्धन्द्धी बार्सीलोनामा मेसी र नेइमारसँगै लुईस सुआरेजजस्ता खेलाडी अनुबन्धित छन् ।
तर सुआरेजको प्रतिबन्ध बाँकी नै रहेका कारण उनले सिजनका सुरुआती खेल गुमाउनेछन् । यस सिजन रियाल म्याड्रिडले ६ वटा उपाधिमा प्रतिस्पर्धा गर्नेछ ।
रियालका स्टार खेलाडी ग्यारेथ बेलको भनाईलाई आधार मान्ने हो भने ६ वटै उपाधि जित्ने टोलीको प्रयास रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान