‘समय गुज्रिए नेपाल डुब्छ’

२८ श्रावण २०७१, बुधबार ०७:४९ मा प्रकाशित

काठमाडौं, २८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारबाट देशलाई मुक्त पार्न ढिला गर्नै नहुने भन्दै यो अभियानमा सबैलाई मिलेर काम गर्न आग्रह गरेका छन्।

कसैको दबाबमा अनियमित र गैरकानुनी काम नगर्न कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा भ्रष्टाचार रोक्न नसके देशै डुब्ने धारणा राखे।

‘कसैको अवाञ्छित दबाब नमानौं, भ्रष्टाचारविरुद्ध सबै लागौं,’ राष्ट्रिय सतर्ककता केन्द्रको १२औं प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने, ‘समय गुज्रिए नेपाल डुब्छ, सबै मिलेर देश बचाऔं।’

कर्मचारीले राष्ट्रको हित हेर्नुपर्ने, अर्काको दबाबमा नलागी आफ्नै विवेकमा अडान लिनुपर्ने उनको भनाइ छ। ‘देश विकासका लागि छुट्ट्याइएको रकम कत्तिको सदुपयोग भएको छ ?’ प्रधानमन्त्री कोइरालाले निर्देशन दिँदै भने, ‘पार्टीका नेता, मन्त्री, उपप्रधानमन्त्री जसले जे भन्यो त्यही नगर्नुस्, नियम–कानुनअनुसार देश र जनताको हितमा काम गर्नुस्।’ आजको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री अस्वस्थ रहेको र त्यही कारण सरकार र संविधान निर्माणका धेरै काम थाती रहेको सञ्चार माध्यममा आएका प्रति आपत्ति जनाउँदै प्रधानमन्त्री कोइरालाले आफूले दिन–रात सक्रिय रूपमा काम गरिरहेको धारणा राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी