बराबर मत ल्याउने चार नेतालाई केन्द्रीय सदस्य

२७ श्रावण २०७१, मंगलवार १८:०१ मा प्रकाशित

काठमाडौं, २७ साउन । सत्तारुढ दल नेकपा (एमाले)ले नवौँ महाधिवेशनमा बराबरी मत ल्याएका चार नेतालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको कन्द्रीय कमिटी बैठकले चारै नेतालाई सदस्य बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामनाथ ढकालले जानकारी दिए । महाधिवेशनमा बराबरी मत ल्याएका चार नेताका सम्बन्धमा देखिएको समस्या आजबाट टुङगिएको छ । नवौँ महाधिवेशनमा खिमलाल भट्टराई र नागेन्द्र चौधरीले ९ सय ८६ तथा महम्मद महफुज अन्सारी र फारुकी सिराजले ९ सय ६३ मत पाएका थिए । चार सदस्य थपिएपछि एमालेका केन्द्रीय कमिटी १ सय ६१ सदस्सीय हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न