संसदमा थापा र नेम्बाङवीच भनाभन

२७ श्रावण २०७१, मंगलवार १७:१९ मा प्रकाशित

BICC-BIGकाठमाडौं, २७ साउन । व्यवस्थापिका संसदको बैठकमा आज सभामुख सुवास नेम्बाङ र राप्रपा नेपालका अध्यक्ष कमल थापावीच भनाभन भएको छ ।
अध्यक्ष थापाले सदनमा बोलीरहँदा नेम्बाङले माइकको तार काटीदिएपछि भनाभन भएको हो । थापाले नेम्बाङलाई निरंकुश शैली देखाएको भन्दै आलोचना गरेका थिए ।
अध्यक्ष थापालाई तोकिएको दश मिनटको समय भन्दा दुई मिनट बढी बोलेपछि नेम्बाङले तार काटेको संसद सचिवालयले जनाएको छ ।
सोही विषयमा राप्रपा नेपालका सभासदहरुले रोष्टमको नजिकै पुगेका थिए । सदनमा असहज अवस्था सृजना भएपछि मर्यादापालक परिचालन गरिएको थियो ।
भनाभनको विषयमा सदन अरुद्ध भएपछि सदन खुलाउन अध्यक्ष थापाले माफी मागेपछि पुनः सदन सचारु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९